१३ बैशाख २०८१, बिहीबार
Follow Us

इरानको ५२ ठाउँमा आक्रमण गर्छु : ट्रम्प

नेपालब्रिटेन संवाददाता
२० पुष २०७६, आईतवार ०४:२५

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी जनता र सम्पतिमाथि आक्रमण गरे कठोर आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले इरानका विभिन्न ५२ स्थानमा आक्रमण गर्ने चेतावनी दिएका हुन् । शुक्रबार अमेरिकी आक्रमणमा इरानी जनरल कासिम सोलेमानीमाथि मारिएपछि इरानले त्यसको बदला लिने धम्की दिएपछि ट्रम्पको पछिल्लो भनाइ आएको हो ।

ट्रम्पले श्रृखलाबद्ध ट्विट गर्दै इरानले खुल्लमखुल्ला अमेरिकाको सम्पतीमाथि आक्रमण गर्ने जनाएको उल्लेख गर्दै थप आक्रमणको चेतावनी दिएका हुन । उनले आक्रमणका लागि अमेरिकाले इरानका उच्चस्तर र सांस्कृतिक महत्वका ५२ वटा स्थानहरूको पहिचान गरिसकेको पनि उल्लेख गरेका छन् ।

सन् १९७९ देखि इरानले बन्धक बनाएका आफ्ना ५२ नागरिकको संख्याबराबरकै स्थानमा हमला गरिने ट्रम्पको ट्वीटमा उल्लेख छ । अमेरिकाले थप खतरा नचाहेको उनको भनाइ छ । सोलेमानीको बग्दादमा अन्त्ष्येष्टी भएको केही घण्टापछि ट्रम्पको यस्तो चेतावनी आएको हो ।

अन्त्येष्टि लगत्तै इराकस्थित अमेरिकी दूतावास आसपासका क्षेत्रमा रकेट आक्रमण समेत भएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । आक्रमणको कुनै समूहले जिम्मा नलिएपनि त्यसमा इरान समर्थक मिलिसया सग्लन रहेको अनुमान गरिएको छ ।