काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा लामो संघर्षपछि प्राप्त राजनीतिक उपलब्धीमाथि धावा बोल्ने काम भएको बताएका छन् ।
पिता एवं स्वर्गीय काँग्रेस नेता गणेशमान सिंहको २८औं पुण्यतिथिका अवसरमा बिहबार आयोजित स्मृति सभालाई सम्बोधन गर्दै सिंहले जेनजीको कभरमा पुराना दलको नेतृत्वमा भएको आन्दोलन र उपलब्धी केही होइन भन्ने स्थापित गराउन खोजिएको बताए ।
राजनीतिक उपलब्धि सुरक्षित राख्दै सबै पक्ष चाहनाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो । सिंहले लोकतन्त्रमाथि खेलवाड नगर्न अन्तरिम चुनावी सरकारलाई चेतावनी दिए ।
जेन-जी प्रदर्शनका क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विराटनगरको कोइराला निवास, बाँडेगाउँको कृष्णप्रसाद भट्टराई आश्रम, ठमेल चाक्सीबारीस्थिते आफ्नो निवाससहित निजी तथा सरकारी संरचनामा गरिएको आजगनी र लुटपाटको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए ।