२९ बैशाख २०८१, शनिबार
Follow Us

युक्रेनको यात्रुवाहक विमान इरानमा दुर्घटनाग्रस्त, १७० को मृत्यु

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७६, बुधबार ०६:४२

तेहरान । युक्रेनको एक यात्रुवाहक विमान इरानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १७० जनाको मृत्यु भएको छ । इरानको रेड क्रिसेन्ट (नागरिक उड्डयन) ले भनेको छ, यो घटनामा कसैलाई बचाउन सकिने सम्भावना छैन ।

समाचार संस्था रोयटर्सका अनुसार युक्रेन इन्टरनेशनल एयरलाइन्सको यो बोइङ ७३७ विमान इरानको इमाम खामेनेइ हवाइ अड्डाबाट उडान भर्नेवित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।

इरानी समाचार एजेन्सी फोर्सका अनुसार प्राविधिक समस्याले दुर्घटना भयो । सुरुवाती रिपोर्टमा भनिएको छ, विमान युक्रेनको राजधानी किएफका लागि उडेको थियो ।