३१ बैशाख २०८१, सोमबार
Follow Us

टिपरको ठक्करबाट १ जनाको मृत्यु

sarusaru
२५ पुष २०७६, शुक्रबार ०४:३६

टिपरको ठक्करबाट धनुषामा एक युवकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले जानकारी दिए ।

बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।