२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आज २९८औँ पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७६, आईतवार ०४:०५

काठमाडौं । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा पुस २७ गते आइतबार मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ । सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने छन् ।

समारोहमा त्यहाँ अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।