२६ बैशाख २०८१, बुधबार
Follow Us

जापानमा ‘सेक्स संकट’

नेपालब्रिटेन डट कम्
१० माघ २०७६, शुक्रबार २१:५०

के जापानमा ‘सेक्स संकट’ले भयावह रुप लिइरहेको छ ? के एक दिन जापान खाली हुने दिन पनि आउला ? जापानी नागरिकले ‘बढी यौन सम्पर्क’ गर्न आवश्यक छ किन भनिँदै आइएको छ ? तोहोकु युनिभर्सिटीका शोधकर्ताहरुले यही निष्कर्षपछि डुम्जडे क्लोक (प्रलय हुने दिनको अनुमान) गरेका छन् ।

उक्त शोधको निष्कर्षका अनुसार जापानमा वर्तमान ‘सेक्स संकट’ विद्यमान रहे १६ अगस्त ३७६६ मा केवल एकजना मानिस मात्र बाँकी रहनेछन् । यो अनुमान देशमा घट्दो प्रजनन दर र वृद्धवृद्धाहरुको जनसंख्यामाथि आधारित छ । बेलायतमा पनि १९२० को दशकको पुस्ताका तुलनामा लाखौं मानिसहरुमा यौन सम्पर्कसम्बन्धी रुचिमा घट्दै गइरहेको छ । तर जापानमा भने अवस्था साँच्चिकै भयावह छ ।

जापान फ्यामिली प्लानिंग एसोशियसनको सर्वेमा १६ देखि २४ वर्ष उमेर भएका ४५ प्रतिशत महिलाहरु यौन सम्पर्कमा कुनै चासो राख्दैनन् । एक तिहाईभन्दा बढी पुरुष पनि यो कुरामा सहमत छन् ।

तोहोकु युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार स्थिति एकदमै गम्भीर छ । शोधकर्ताहरुका अनुसार जापानमा यस्तो अवस्था पनि आउनेछ जतिबेला जापान बिलकुल एक्लो हुनेछ किनकी त्यतिबेला जापानमा केवल एकजना मात्र मानिस बाँकी हुनेछन् ।

ब्रिटेनमा पनि यौन सम्पर्कलाई बढावा दिनको लागि डेटिंग एप्सको शुरुवात गरिएको छ । यद्यपि बेलायती युवाहरु कम शारीरिक सम्पर्क गरिरहेका छन् । सेक्समा कमी आउनुको एक महत्वपूर्ण कारण इन्टरनेटमा समय बढी बिताउनु हो ।

जापानीहरु काममा पनि बढी समय खर्च गर्छन् । काममा उनीहरु यति थाक्छन् कि उनीहरुको लागि शारीरिक सम्पर्क कम प्राथमिकतामा पर्दछ । औसत जापानी पुरुषहरु एक हप्तामा ८० घन्टा काम गर्दछन् ।

धेरैजसो जापानी महिलाहरु करिअर र गृहस्थीको बीचमा एउटा चुन्नुपर्छ भन्ने कुरा महसुस गर्दछन् र यसमा धेरैको प्राथमिकता परिवार बसाउनु वा बिबाह गरेर घरगृहस्थी सुरु गर्नु हुँदैन ।

यदि कसैले युवाहरुलाई सेक्स, ड्रग्स र रक ज्यादा आकर्षित गर्ने विषय हुन् भन्छन् भने यो जापानी युवाहरुको हकमा साँचो होइन ।