२५ बैशाख २०८१, मंगलवार
Follow Us

१५ हजार घुससहित रेन्जर पक्राउ

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार ०२:०४

काठमाडौँ । महोत्तरीस्थित जलेश्वरनाथ सवडिभिजन वन कार्यालयमा कार्यरत रेन्जर राम अशिष यादव १५ हजार घुससहित पक्राउ परेका छन् ।
ट्रयाक्टर नियन्त्रणमा लिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई घुस लिइसकेको अवस्थामा जिल्ला सरकारी वकिलको कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।