२५ बैशाख २०८१, मंगलवार
Follow Us

यी हुन् नेकपा बैठकका १४ टोली नेता

नेपालब्रिटेन डट कम्
१७ माघ २०७६, शुक्रबार ०२:०७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक सुरु भएको छ। उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएका छन्।

छलफल गर्न सहजताका लागि समूहमा विभाजन गरिएको बताएको छ। हालसम्म १४ समूहले टोली नेता पाइसकेका छन्। १० नम्बर समूहमा नेतृत्व विवाद हुँदा टोली नेता चयन हुन सकिरहेका छैनन् । टोली नेता चयन हुन छलफल सबै समूहले थालेका छन्। महेश बस्नेत, यज्ञराज सुनुवार, युवराज चौलागाईं, माधव सापकोटा, युवराज दुलाललगायतका नेता सहभागी भएको १० नम्बर समूहमा नेतृत्वमा कुरा मिलिसकेको छैन् ।

अन्य १४ समूहले भने टोली नेता र उपनेता पाएको छ । उर्मिला अर्याल, कमला रोका, खिमलाल भट्टराई, जगन्नाथ खतिवडा, ठाकुर गैरे, दिनानाथ शर्मा, पूर्णकुमारी सुवेदी, विन्दा पाण्डे, भगवती चौधरी, राजेन्द्र राई, रेणु दाहाल, लेखनाथ न्यौपाने, राम कार्की र हिमाल शर्मा टोली नेतामा चयन भएका छन्।