८ जेष्ठ २०८१, मंगलवार
Follow Us

चार अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

sarusaru
२६ माघ २०७६, आईतवार ०३:१७

काठमाडौँ — भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कपिलवस्तुका तीन अधिकृत र इन्जिनियरसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नव प्रगतिशील बहुउद्देश्यीय कृषक समूहका पदाधिकारीसितको मिलेमतोमा बाख्रापालन शीर्षकको अनुदानबापतको ६ लाख रुपैयाँ कामै नगरी भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। पशु चिकित्सक डा. रूपनारायण श्रेष्ठ, पशु विकास अधिकृतद्वय डा. सोहन गुप्ता र सुरेन्द्रप्रसाद भुज तथा इन्जिनियर विवेककुमार गुप्ता, नवप्रगतिशील बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद खनाल र सचिव उमेश चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो।

पालनका लागि दिइएको अनुदान हिनामिना गर्नेलाई जनही ६/६ लाख रुपैयाँ बिगो कायम गरी डेढ वर्षसम्म कैद र जरिवाना गर्न अभियोगपत्रमा मागदाबी छ।
कान्तिपुर