२४ बैशाख २०८१, सोमबार
Follow Us

‘जनयुद्ध दिवस’मा प्रधानमन्त्री सहभागी भएनन्

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७६, बिहीबार ०४:०८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् । सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि ओली सहभागी छैनन् ।

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।