२९ बैशाख २०८१, शनिबार
Follow Us

भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७६, आईतवार ०४:२२

नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाको सार्वजनिक जग्गा भारतीय नागरिकले कब्जा गरेको भेटिएको छ । वडा कार्यालयकै मिलेमतोमा सार्वजनिक जग्गा घर बनाउन दिएको पाइएपछि स्थानीय विरोधमा उत्रिएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ को मिलोमतोमा सार्वजनिक जग्गा भारतियलाई भोकचलनकालागी दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । बारम्बार वडा कार्यालयले मनोमानी ढंगबाट सार्वजनिक जग्गा अरुलाई भोगचलनको लागि दिने गरेको स्थानीयको आरोप छ ।

सार्वजनिक जग्गामा घर निर्माण भएको थाहा पाएपछि स्थानीयले वडालाई जानकारी गराउँदा उल्टै धम्की खेप्नु गरेको उनिहरुको गुनासो छ । सार्वजनिक जग्गामा करिव १ महिना अगाडीदेखि भारतियले घरनिर्माण गर्दा पनि स्थानिय सरकार मौन रहेको उनिहरुको भनाई छ ।

वडा नम्बर १४ का तीन वटा स्थानमा सार्वजनिक जग्गा कव्जा भएका छन् । वडा कार्यालय अगाडी रहेको सभागृह नजिकै १० धुर जग्गा भारतीय नागरिकले वडा वडाकै सहमतिमा भोगचलन गर्न दिएपछि स्थानिय विरोधमा उत्रेका हुन् ।

यता वडा नं. १४ का वडा अध्यक्ष ओमकारनाथ मिश्राले भने वडाको सिफारिसमा चियानास्ता पसल संचालन गर्न दिएको बताउनु हुन्छ । वडाको सिफारिसमा बनिरहेको घर सार्वजनिक जग्गामै रहेको स्विकार गर्दै वडा अध्यक्ष मिश्राले घर बनाउँने व्यक्ती नेपाली नागरिक भएको दावी गर्नुभयो ।

नेपालगन्जमा सार्वजनिक जग्गा मिचिने घटना यो नयाँ होइन । २० बर्ष जनप्रतिनिधि नभएको मौका छोपी नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र रहेका धेरै सार्वजनिक जग्गा मिचिएका छन् । तर पछिल्लो समय स्थानीय जन प्रतिनिधी निर्वाचित भएर आए पनि सुनवाइ हुन सकेको छैन ।