१ जेष्ठ २०८१, मंगलवार
Follow Us

घरेलु मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० फाल्गुन २०७६, शुक्रबार ०६:५३

जनकपुर । घरेलु मदिरा अत्याधिक सेवन गरेका कारण धनुषामा पाँच जनाको मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ २ का पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रामनारायण महरा, राजु महरा (भारत विहार), गुद्री महरा, रामबिलास मण्डल र ब्रहमदेव यादव रहेका छन् ।

मृत्यु हुनेमा एकजना भारतका हुन् भने बाँकी सबै क्षीरेश्वर नगरपालिकाका स्थानीय भएको प्रहरीले जनाएको छ । रामनारायण महरा र राजु महराको आज बिहान मृत्यु भएको हो भने बाँकी तीनजनाको दुईदिन अघि नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।