२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०७६, बिहीबार ०४:३७

महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।