३१ बैशाख २०८१, सोमबार
Follow Us

बेलायतमा कोरोनाबाट २३३ को मृत्यु, एकै दिनमा ५३ थपिए

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७६, शनिबार १७:५८

लण्डन । बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या २३३ पुगेको छ। शनिबार मात्र ५३ जनाको मृत्यु भएको वेलायती संचारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा एक ४१ वर्षीय स्वास्थ्यकर्मी समेत रहेका छन् ।

मृत्यु भएका सबै कुनै न कुनै रोगबाट पीडित रहेको बताएको छ । कोरोनाको संक्रमण पछि वेलायतले आंशिक रुपमा लकडाउन गरेको छ । शुक्रवार साँझ देखी पव, रेष्टुरेन्ट, सिनेमा लगायत मानिसहरु भेला हुने स्थान बन्द गरिएका छन् । वेलायत सरकारले कोरोनाको कारणले जागिर गुमाउनेहरुको ८० प्रतिशत तलव दिने घोषणा गरेको छ ।