१६ बैशाख २०८१, आईतवार
Follow Us

इटालीमा कम्तिमा ५० पादरीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७६, बिहीबार ०४:१२

रोम । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीमा कम्तिमा ५० जना पादरीको निधन भएको छ । मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली समेत रहेका छन् ।

बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश इटालीमा अहिलेसम्म सात हजार ५ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।