२३ बैशाख २०८१, आईतवार
Follow Us

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीलाई लेखेको पत्रमा के थियो ?

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७६, सोमबार ०५:४२

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोना संक्रमणका विषयमा सहयोग गर्न आह्वान गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले लेखेको चिठ्ठी विवादमा आएको छ ।

दाहालले लेखेको चिठ्ठीमा कुटनीतिक र भाषागत कमजोरी भएको भन्दै चिठ्ठी सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । कतिपयले चिठ्ठीमा रहेका कमजोरीहरु देखाउदै सामान्य भाषागत ज्ञानको समेत प्रयोग नभएको टिप्पणी गरेका छन् ।

सामान्यतया सरकार प्रमुख र राष्ट्रप्रमुखले पत्र लेख्ने प्रचलन भएपछि दाहालले लेखेको पत्रलाई कतिपयटले कुटनीतिक कच्चापनको संज्ञा समेत दिएका छन् ।

पत्रमा २० भन्दा बढी ठाँउमा भाषागत त्रुटि समेत भेटिएको छ । यो पत्र चार दिन अघि पठाइएको बताइएको छ । यसअघि भेनेजुएला सरकारलाई दाहालले पठाएको चिठ्ठी पनि विवादमा आएको थियो ।