१४ असार २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीका सल्लाहकार भट्टराई अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०७६, शनिबार ०५:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई गएराति काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको हो । उनको मुटुको एउटा धमनी बन्द भएकाले एंजियोप्लास्टि शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । भट्टराईको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।