१४ असार २०८१, बिहीबार
Follow Us

रोकथाम कोषमा सानिमा बैंकको रु १० लाख

नेपालब्रिटेन संवाददाता
३० चैत्र २०७६, आईतवार ०६:५१

सानिमा बैंक लिमिटेडले गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख प्रदान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई शनिबार सो बैंकका गण्डकी प्रदेश प्रबन्धक भावुक तण्डुकारले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

मुख्यमन्त्री गुरुङले कोभिड–१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेकामा जोड दिँदै सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । सानिमाले सङ्घीय सरकारको कोरोना राहत कोषमा रु ५० लाख तथा देशका सात प्रदेश सरकारलाई रु १० लाखका दरले सहयोग गरेको बताइन्छ ।