१० जेष्ठ २०८१, बिहीबार
Follow Us

बुढानिलकण्ठकी एक महिलामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

नेपालब्रिटेन संवाददाता
४ बैशाख २०७७, बिहीबार १३:०७

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ निवासी एक ३१ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा कोरोना पोजेटिभ देखिएको छ । इटालीबाट फर्किएकी उनीमा बुधबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

बुढानिकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको आरटीडी विधिबाट कोरोना परीक्षण गरेको थियो । बुधबार वडा कार्यालयमा गरिएको परीक्षणमा २२ दिन देखि होम क्वारेन्टाइन बस्दै आएकी उनमा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले जानकारी दिए ।

ती महिलाको पीसीआर विधिबाट परीक्षणका स्वाब संकलन गरेर टेकु अस्पतालमा पठाइएको मेयर खरेलले बताए । टेकुबाट आउने रिपोर्टबाट मात्र आधिकारीक जानकारी आउने समेत मेयर खरेलले जानकारी दिए ।