८ जेष्ठ २०८१, मंगलवार
Follow Us

पर्सामा संक्रमणको विषयमा दुई पक्षबीच झडप, ९ जना घाइते

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०७७, आईतवार ०७:१०

वीरगन्ज । पर्साको बहुदरामाइ नगरपालिका वडा नम्बर ९ विश्रामपुरको मौजेटोलमा शनिबार बेलुकी दुई पक्षबीच झडप भएको छ । मौजेटोलमा देवान र कलवार पक्षबीच झडप भएको हो । झडपमा आठ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान ,फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार , सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी छन् । मौजेटोलमा रहेको मस्जिदमा बेलुकी केही व्यक्तिले ढुंगा, इँटा प्रहार गरेपछि विवाद सुरु भएको बताइएको छ ।

जनप्रतिनिधिले कोरोना विरुद्ध एक भएर लडनुपर्ने समयमा विवाद नगर्न आग्रह गरेका छन् । सामाजिक सदभाव विथोल्ने नियतले विवाद गरिएको उनीहरुको भनाइ छ । झडपमा घाइतेहरुको वीरगन्जस्थित नेशनल मेडिकल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ । तिमध्ये दुई अबस्था गम्भिर रहेको छ ।

झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको टोलीले स्थितीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई नियन्त्रणमा लिएको छ ।