२४ बैशाख २०८१, सोमबार
Follow Us

सन् राइज बैंकद्वारा धौलागिरी र पर्वत अस्पतालमा पिपिई

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७७, आईतवार १५:०६

काठमाडौं । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुँदा देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि सन राइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) हस्तान्तरण गर्दै आएको छ । यसै अन्तर्गत बैंकले पर्वत अस्पताल र धौलागिरी अस्पतालमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) जम्मा २५ थान हस्तान्तरण गरेको छ ।

उक्त सामाग्री धौलागिरी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बिक र पर्वतमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी र मेडिकल सुपरिटेन्डेन डा. शिशिर देवकोटालाई हस्तान्तरण गरिएको हो ।

हालसम्म सन््राइज बैंकले देशभरका विभिन्न अस्पतालमा ५ सय ५० वटाभन्दा बढी व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) उपलब्ध गराइसकेको छ । अन्य ठाउ‘हरुमा समेत उपलब्ध गराउदै जाने बैंकले जनाएको छ ।