१५ असार २०८१, शुक्रबार
Follow Us

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने ट्रम्पको तयारी

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७७, बुधबार ०५:३३

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने तयारी भएको बताएका छन् । एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा उनले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साता भित्रै बन्द गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने पनि बताए । उपराष्ट्रपति माइक पेन्स र टास्क फोर्सले राम्रो काम नगरेको भन्दै उनले अब नयाँ समूह बनाउने पनि उल्लेख गरेका छन् । पेन्स टास्क फोर्सका नेतृत्वकर्ता हुन् ।

व्यवसाय खुला गर्न हतारो गरेर ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप विपक्षीले लगाउँदै आएका छन् । अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदै आएको छ ।

यस्तै दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ । अमेरिकामा अहिलेसम्म १२ लाख तीन हजार पाँच सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७१ हजार भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ ।