१५ असार २०८१, शुक्रबार
Follow Us

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०७७, बुधबार ०५:३९

काठमाडौं । नेपालमा हाल ८२ जनामा कोरोना संक्रमण देखा परिसकेको छ । नेपालमा फेला परेका संक्रमितको संख्या केलाउने हो भने सबै भन्दा बढि कोरोना संक्रममित प्रदेश नम्बर १ मा देखिन्छ ।

नेपालमा माघ नौ गते चीनबाट आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । त्यस पछि चैतमा दोस्रो संक्रमित देखिएसंगै नेपालमा संक्रमितको दर दिनानुदिन बढ्दो क्रममा छ । नेपालमा हाल सम्म कोराना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रदेशको आधारमा हेर्ने हो भने सबै भन्दा बढि संक्रमित प्रदेश नम्बर १ मा देखिएको छ । जहाँ संक्रमितको संख्या ३१ रहेको छ । यो प्रदेशको उदयपुर जिल्लामा मात्र संक्रमितको संख्या २८ रहेको छ ।

यसैगरी संक्रमितको संख्या धेरै भएको दास्रो स्थानमा प्रदेश नम्बर ५ रहेको छ । त्यहाँ अहिलेसम्म २४ जना कोरोना संक्रमित भटिएका छन् । यो प्रदेशको बाँके जिल्लामा १६ जना तथा रुपेन्देहीमा १ जना संक्रमित भेटिएका छन् ।

यसैगरी तस्रो संक्रमित बढि देखिएको प्रदेश नम्बर २ रहेको छ । जहाँ कुल संक्रमितको संख्या १३ रहेको छ । त्यसैगरी बागमती प्रदेशमा ७ जना, सुदुरपश्चिममा ५ जना गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमित देखिएका छन् ।

नेपालको ७ वटा प्रदेशहरु मध्य ६ वटा प्रदेशमा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा हाल सम्म कुनै संक्रमित फेला परेका छैनन् । नेपालमा देखिएका कोरोना संक्रमित अधिकांस विदेशबाट आएका व्यति रहेका छन् ।

तर सुदुरपश्चिम प्रदेशमा भने एक जना संक्रमित आफन्तबाट संक्रमति भएको पाएको छ । नेपालमा कुल संक्रमित मध्य १६ जना संक्रमित पूर्ण निको भएर समान्य जिवनमा फर्किसकेका छन् ।