४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

तीन जिल्लामा बृहत परीक्षण गरिने

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७७, बिहीबार १४:२५

सरकारले नोभेल कोरोना भाइरसबाट बढी प्रभावित जिल्लामा ठुलो स्तरमा कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उदयपुर, वीरगन्ज र नेपालगन्जमा २५ सयको कोरोना परीक्षण गरिने जानकारी दिइएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमण बढी ‘हटस्पट’ देखिएका तीन जिल्लामा नमुना संकलन गर्न काठमाडौंबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा र नेपाली सेनाको टिम परिचालन भैसकेको छ ।

मन्त्रालयका अनुसार उदयपुरमा ५ सय, वीरगन्जमा १ हजार र नेपालगन्ज १ हजार नमुना संकलन गर्ने लक्ष्य राखिएको छ । नेपालमा आज थप मानिसमा कोरोना भाइरसको संक्रमण नदेखिएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या नेपालमा ९९ रहेको छ । ति मध्ये २२ जना उपचारपछि घर फर्केका छन ।

अस्पतालमा उपचाररत ८० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घर फर्केकामध्ये तीन जनामा संक्रमणको लक्षण देखिएपछि चिकित्सकको निगरानीमा उपचार भैरहेको छ । आजसम्म मुलुकभर १४ हजार ५ सय ९ जनाको पिसिआरमार्फत र ५४ हजार ९३ जनाको आरडिटीमार्फत परीक्षण भएको छ । पछिल्लो चौबिस घन्टामा एक हजार ४ सय ५१ जनाको पछिल्लो २४ घण्टामा परीक्षण गरिएको छ । नेपालभरका क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेका छन । त्यस्तै, १ सय ३३ जना आइसोलेसन रहेका छन ।