१५ असार २०८१, शुक्रबार
Follow Us

पर्सामा पत्रकारमा पनि कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७७, मंगलवार ११:१०

वीरगञ्ज । मंगलबार पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दुई जना पत्रकार भएको खुलेको छ । संक्रमित ३९ जना मध्ये दुई जना पत्रकार सम्पर्कमा आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । पर्सा जिल्लामा क्रियाशील ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए ।