४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नजिक

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७७, बिहीबार ०४:१७

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख २९ हजार नाघेको छ । संक्रमणबाट दुई लाख ९८ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । अमेरिकामा १४ लाख ३० हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । त्यहाँ दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । रुसमा संक्रमितको संख्या दुई लाख ४२ हजार नाघेको छ भने दुई हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

संक्रमणबाट बेलायतमा ३३ हजार १ सय, इटलीमा ३१ हजार १ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७८ हजार नाघेको छ भने २ हजार ५ सय ५१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ३५ हजार ३ सय नाघेको छ । त्यहाँ ७ सय ६१ जनाले ज्यान गुमाएका छन् । विश्वभर १६ लाख ५४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।