४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०७७, आईतवार १५:३६

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्युु भएको थियो । एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २ सय ६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६ सय ४१ नेपाली सबै भारतबाट आएका हुन ।

नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ । बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन । यसअघि काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोनाको कारण मृत्यु भएको थियो ।