७ जेष्ठ २०८१, सोमबार
Follow Us

चिकित्सकसहित काठमाडौंमा ३ जना संक्रमित थपिए, नेपालमा ४०२ पुग्यो

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७७, मंगलवार १५:१५

काठमाडौं । मंगलबार २७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । काठमाडौंमा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सकमा पनि संक्रमण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी ललितपुरका हुन् । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ । नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।