१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए फ्रान्समा विवाद, अध्यक्षबाटै संघको विधान उल्लंघन

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७७, बुधबार १२:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्समा विवाद देखिएको छ । गत सेप्टेम्वरमा निर्वाचित कार्यसमितिका उपाध्यक्ष अमर बहादुर भण्डारीलाई संघको परम्परा र विधान विपरीत निलम्वन गरे पछि संघ विवादमा मुछिएको हो ।

एनआरएनए फ्रान्सले एक पत्रमा भण्डारीलाई ६ महिनाको लागि निलम्वन गरेको पत्र थमाएको छ ।

पत्रमा आफ्नो पदिय दायित्व र नैतिक जिम्मेवारिलाई नजर अन्दाज गरेको, पटक पटक संस्थाको अहित हुनेगरि गोपनियता र अनुशासनको उल्लंघन गर्दै आएको ब्यहोरा जानकारीमा आएको उल्लेख छ । कसरी अनुशासन उल्लंघन भयो, के गरेकाले नैतिक जिम्मेवारिको नजरअन्दाज भयो भन्ने उल्लेख छैन ।

अमर भण्डारीले संघका महासचिव मिन कुमार श्रेष्ठले कोभिड पिडितको लागि संकलन गरेको राहतको दुरुपयोग भएको आवाज कार्यसमितिमा उठाए पछि उनी माथि कार्यवाहरीको दण्डा चलाएको हो । महासचिव श्रेष्ठले कोरोना पिडितको लागि संकलित राहत आफ्नै घरमा भाडा बस्ने विद्यार्थीलाई दिए पछि भण्डारीले आवाज उठाएका थिए ।

पत्रमा एनआरएनए फ्रान्सका अध्यक्ष नरेन्द्र शाही र महासचिव मिन कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । पत्रमा भण्डारीलाई मे १७, २०२० देखि लागू हुनेगरि छ महिनाकालागि निलम्बन गरिएको उल्लेख छ ।

पत्र संघमा केन्द्रीय अध्यक्ष कुमार पन्त, महासचिव डा हेमराज शर्मा संयोजक नारायण आचार्यलाई बोधार्थ दिइएको छ । संघ स्रोतका अनुसार संघको महाधिवेशनका निर्वाचित पदाधिकारीलाई निलम्वन गर्ने अधिकार राष्ट्रिय समितिलाई हुदैन् ।