४ असार २०८१, सोमबार
Follow Us

श्रीमतीले गरिन् श्रीमानको हत्या

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०७७, सोमबार ०३:४६

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । वडा नम्बर ६ भुम्केज्युलाकी ३६ वर्षीया महिलाले ३८ वर्षीय डिल्लीबहादुर घर्तीको हत्या गरेकी हुन् । आइतबार राति साढे ८ बजे घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।