१६ बैशाख २०८१, आईतवार
Follow Us

भारतबाट आएका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

sarusaru
३ असार २०७७, बुधबार ०७:४८

काठमाडौं । नेपालमा भारतबाट आएका थप २१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

नयाँ कोरोना पुष्टि हुनेहरुमा गण्डकी प्रदेशको नवलपरासी (वर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिकाका १४ जना, मध्यविन्दु नगरपालिकाका २ जना, कावासोती नगरपालिकामा १ जना र अर्को नाम नखुलेको पालिकामा एक जना गरी १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमितहरु सबै पुरुष रहेका छन् ।

निर्देशनालयका अनुसार, पर्वतको फलेवास नगरपालिकाका २ जना पुरुष र एक महिला गरी ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ। गण्डकीमा देखिएका सबै २१ नयाँ संक्रमितहरु भारतबाट फर्किएका हुन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।
डिसी नेपाल