३१ बैशाख २०८१, सोमबार
Follow Us

बागलुङमा थप एक जनामा कोरोना

sarusaru
४ असार २०७७, बिहीबार ०९:१३

बागलुङ– बागलुङमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । बिहिबार गलकोट नगरपालिकाका ३३ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भएका पुरुषलाई सदरमुकाममा रहेको प्रि–आईसोलेसनमा ल्याउने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये ८ जना निको भएर घर फर्कि सकेका छन् ।