२६ बैशाख २०८१, बुधबार
Follow Us

भारतबाहेक तेस्रो मुलुकबाट ५ हजार नेपालीको उद्धार

नेपालब्रिटेन डट कम्
८ असार २०७७, सोमबार ०६:५०

काठमाडौं । गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दुतवासको संयुक्त प्रयासबाट भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका झण्डै ५ हजार नेपालीलाई स्वदेश फर्काइएको छ। आइतबार साँझ ५ बजेसम्म विभिन्न १६ वटा मुलुकबाट ४ हजार ९ सय ३९ नेपाली स्वदेश फर्काइएको हो।

सेनाका अनुसार सबैभन्दा पहिला जेठ २२ मलेसियामा समस्यामा परेका १ जना नेपालीलाई उद्धार गरिएको थियो। त्यसयता आइतबार साँझ ५ बजेसम्म मलेसियाबाट ३६१, म्यानमार २६, युएईबाट ६३७, जापान २४८, बंगलादेश ५७०, कतारबाट १९२, अस्ट्रेलियाबाट ११, कुवेतबाट १,२१४, अफगानिस्तान १८, हङकङ ७, कोरिया २२८, माल्दिभ्स ३१०, ओमान ३१३, साउदी ४१०, सिंगापुर १४६, थाइल्याण्ड २४८ नेपाली स्वदेश फर्काइएका हुन्।