२३ बैशाख २०८१, आईतवार
Follow Us

लयमा फर्कियो चेल्सी

नेपालब्रिटेन संवाददाता
९ असार २०७७, मंगलवार ०३:२५

लन्डन । लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा लयमा फर्किएको छ । एस्टन भिल्लालाई २–१ पराजित गर्दै चेल्सी लयमा फर्किएको सन्देश दिएको छ । यो जीतसँगै चेल्सी शीर्ष चारमा थप पकड बनाएको छ । बर्मिंघममा आइतबार राति भएको खेलमा चेल्सीका लागि क्रिस्टियन पुलिसिस र ओलिभर जिरुडले गोल गरे ।

भिल्लाका कोर्टने हायुसले गोल गरेका थिए । चेल्सीले खेलको ४३औं मिनेटमा गोल खान पुगेको थियो । सुरुवातदेखि नै एस्टन भिल्लालाई दबाबमा राखेको भए पनि एस्टन भिल्लाले अग्रता लिएको थियो । फ्रिकिकमा डगलस लुइजको चलाखीपूर्ण चिप क्रसलाई कोर्टनेले सहजै गोल गरेका थिए । यसरी, चेल्सी पहिलो होलमा १–० ले पछि प¥यो ।

घरेलु टोलीमाथि दोस्रो हाफमा आक्रमक बनेको चेल्सीले खेलको ६०औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि कप्तान सिजर एप्लिक्वेटाको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै खेललाई १–१ को बराबरी अवस्थामा ल्याएका थिए ।

त्यसको दुई मिनेटपछि कप्तान सिजरकै पासमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । जुन निर्णायक स्कोर हुन पुग्यो । सिजरको पासमा जिरुडले १२ यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक ओर्जन नेल्यान्डलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यसरी चेल्सीले ३ अंक बटुल्यो ।