२१ बैशाख २०८१, शुक्रबार
Follow Us

खतरा भाइरस कोरोना होइन, विश्वव्यापी एकता र नेतृत्वको अभाव हो : डब्ल्यूएचओ

नेपालब्रिटेन संवाददाता
९ असार २०७७, मंगलवार ०३:४२

जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोराना भाइरस संक्रमणभन्दा राजनीतिमा देखिएको विश्वस्तरीय नेतृत्वको खडेरी अहिलेको सबैभन्दा ठूलो चुनौती भएको जनाएको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले संक्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरूमा नदेखिएको बताएका हुन् ।

विश्व नेताहरूलाई कोरोना भाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण नगरी एकताबद्ध भएर लडन उनले आग्रह समेत गरेका छन् । अझै पनि कोरोना भाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको टेड्रोसको भनाइ छ ।

राजनीतिकरण नगर्न आह्वान गरिएको टेड्रोसको भनाइ विशेष गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको छ । उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरे । प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे ।