२३ बैशाख २०८१, आईतवार
Follow Us

महाधिवेशन तयारीका लागि कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०३:५१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक परिस्थिती र पार्टीको महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सानेपा ललितपुरमा दिउसो दुई बजेपछि हुने बैठकमा सरकारले अघि बढाएको नागरिकता विधयेक, कोरोना संक्रमण नियन्त्रणमा सरकारको भुमिका लगायतका विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

साथै बैठकमा पार्टीको १४ औं महाधिवेशन कार्यतालिका हेरफेरका विषयमा पनि छलफल हुनेछ । कोरोना संक्रमणका कारण कार्यतालिका प्रभावित भएपछि कांग्रेसले त्यसमा हेरफेर गर्न लागेको हो । कांग्रेसको १४ महाधिवेशन आगामी फागुनमा गर्ने तयारी छ ।