१५ बैशाख २०८१, शनिबार
Follow Us

एक किलो सलहको सुदूरपश्चिम सरकारले २५ रुपैयाँ दिने

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार १२:१३

काठमाडौ । सलह किरा नेपालमा पनि भित्रिसकेको अबस्था छ । हावाको वहाबसंगै नेपाल भित्रिएका सलहका बथान पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ ।सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सलह किराको प्रभाव कम गर्न एक किलो सलह किरा ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय गरेको छ। किरा संकलन गरि वडा कार्यालयमा ल्याउनेलाई तत्काल नगद दिइने बताइएको छ । सलह किरा माछा तथा कुखुराको लागि पौष्टिक आहार भएकाले स्थानियबाट किनेको सलह किरा माछा फर्म र कुखुरा फर्मलाई बिक्री गर्ने प्रदेश सरकारको योजना छ।