कला तथा मनोरन्जन

लन्डनमा नोभेम्बर ७ मा भव्य ‘लोक दोहोरी साँझ २०२६’ आयोजना हुँदै, चर्चित गायक बद्री पंगेनीको विशेष प्रस्तुति रहने

लन्डन। नेपाली लोकदोहोरी तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतको लन्डनमा आगामी नोभेम्बर ७ तारिख शनिबार भव्य ‘लोक दोहोरी साँझ २०२६’ आयोजना हुने भएको छ।

कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी को विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै लन्डनमा बसोबास गर्दै आएका नेपाली स्थानीय कलाकारहरूको समेत आकर्षक गीत–संगीत तथा दोहोरी प्रस्तुति रहनेछ।

नेपाली लोकसंगीत, दोहोरी र सांस्कृतिक प्रस्तुतिमार्फत नेपाली कला तथा संस्कृतिलाई विदेशमा पनि जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा गायिका तथा स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। यसैगरी कलाकार निरवको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम आगामी नोभेम्बर ७ शनिबार साँझ ६ बजेदेखि South Harrow स्थित Newa Che Maya मा सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना तथा व्यवस्थापन सुजाता र गीताले गर्नेछन्।

बेलायतमा रहेका सम्पूर्ण नेपाली संगीतप्रेमी, लोकदोहोरी पारखी तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन आयोजकले आग्रह गरेका छन्।

कार्यक्रम विवरण:

मिति: शनिबार, ७ नोभेम्बर २०२६

समय: साँझ ६ बजेदेखि

स्थान: Newa Che Maya, 3 Shaftesbury Circle, South Harrow, HA2 0AJ

विशेष कलाकार: बद्री पंगेनी

थप जानकारी तथा टेबल बुकिङका लागि: 020 8423 9108

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम