१८ बैशाख २०८१, मंगलवार
Follow Us

हिमालय एयरलाइन्सका पाइलटमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१७ असार २०७७, बुधबार ०६:५४

काठमाडौं । कोरोना संक्रमणका कारण विदेशमा अलपत्र नेपालीको उद्धारमा खटिएका एकजना पाइलटमा कोरोना संक्रमण देखिएको छ । हिमालय एयरलाइन्सका पाइलटमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने पाइलट मेक्सिकन नागरिक भएको एयरलाइन्सले जानकारी दिएको छ । उनलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

उनीसँगै उडेका अन्य चालक दलका सदस्यको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । असार दुई गतेदेखि हिमालय एयरलाइन्सले विदेशमा अलपत्र नेपालीको उद्दार गर्दै आएको छ । अहिलेसम्म ४० वटा उद्दार उडान गरिसकेको एयरलाइन्सले जानकारी दिएको छ ।