२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अमेरिका भर्चुवल साधारणसभामा घोचपेच (रोचक तथ्य)

नेपालब्रिटेन डट कम्
२० असार २०७७, शनिबार १३:५७

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं वार्षिक साधारणसभा तथा विज्ञ सम्मेलन सुरु भएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण संघको पहिलो पटक भर्चुवल साधारणसभा हिजो शुक्रवार साँझ सुरु भएको हो ।

अमेरिकाका अध्यक्ष सुनिल शाहको अध्यक्षतामा सुरु भएको नवौं साधारणसभालाई प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीेले मन्तव्यमार्फत उद्घाटन गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘हाम्रो पुस्ताले भोगको ऐतिहासीक चुनौति छ । आचार र व्यवाहलाई गम्भीर रुपमा आघात पारेको छ । कोरोनाले मानव जातीले भोग्नु परेको यो अन्तिम चुनौती होइन् थप अप्ठ्यार दिन आउन सक्छन् । विगतमा समेत मानवजातीले ठूल्ठूला चुनौती सामान गरेको थियो र आगामी दिनमा पनि मानवजातीको जित हुन्छ र कोलो बादल हट्ने छ ।’

कोरोना संक्रमणका कारण विदेशमा बसेका नेपालीहरुको सहयोगको लागि सम्बन्धित देशसँग वार्ता गरेको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘अप्ठ्यारोमा परेका १३ हजारभन्दा बढी नेपाली स्वदेश फकिएका छन् । सरकारसँग दुईवटा चुनौती छन् त्यो भनेको महामारीबाट बच्ने र नागरिकको सुरक्षा गर्ने त्यसमा हामी सचेत छौ । यो महामारीसँग लड्न नागरिकहरुको समेत महत्वपूर्ण भूमिका हुन्छ त्यसै सरकारलाई सहयोग गर्न आग्रह गर्दछु । १५ लाख नेपालीहरुलाई श्रम बजारसँग जोड्नु पर्ने चुनौती छ ।’

सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश पढेर सुनाइको थियो ।

नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले देश निमार्णमा विदेशमा बस्ने नेपालीले सिकेको ज्ञानसीप देश विकाशका लागि महत्वपूर्ण भुमिका हुने बताए । उनले विदेशमा बसेका नेपालीहरुको सकृयामा अमेरिकामा हुन लागेको ज्ञानसिप सम्मेलन समय सन्र्दभिक भएको बताए ।

गैरआवासीय नेपाली अभियानमा विद्यार्थीहरुकोसमेत सकृयता बढ्नु सुखद कुरा भएको नेता कोइरालाले बताए । उनले भने, ‘कोरोना भाइरसका कारण मध्यपूर्वका देशबाट श्रमिकहरु नेपाल फर्किदै छन्, कोरोना भाइरसको संक्रमण सकिएपछि नेपाल फर्किनेको संख्या हवात्तै बढ्ने र त्यसपछि देशमा संकट पर्न सक्छ ।’
विगत ६६ वर्षमा ३ लाख ९५ हजारले अंगिकृत नागरिकता लिएका थिए । उनले महिला र पुरुष बीचको समान अधिकारको विषयमा सोच्नुपर्ने नेता कोइरालाले बताए । उनले भने, ‘विदेशी महिलालाई विवाह गरेको ६ महिनापछि नागरिकता दिनुपर्ने व्यवस्था थियो, पछि संसदीय समितिले ७ वर्ष राखिदियो त्यो संविधानसँग बाँझिएको छ ।’

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले साधारणसभालाई सम्वोधन गर्दै नेपालका कोरोना भाइरसको संक्रमण बढ्दो रहेको बताए । डा. महतले साधारणसभालाई बोल्नेक्रममा अधिकांश समय सरकारको आलोचान गर्नमा खर्चिएका थिए । उनले गैरआवासीय नेपाली संघ नेपालको विकासको हिस्सेदार हुने बताए ।

अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनबहादुर कार्कीले अमेरिका लगायतका देशमा रहेका नेपालीहरु उच्च ओहोदामा पुगेको चर्चा गर्दै विदेशमा सिकेको ज्ञान र प्रविधिलाई नेपालमा पुराउन विज्ञ सम्मेलन महत्वपूर्ण हुने बताए ।

उनले अमेरिका जस्तो सुविधा सम्पन्न बसेका नेपालीहरुले आफ्नो हैसियत अनुसार विदेशमा प्रस्तुत हुन नसकेको गुनासो गरे । उनले एनआरएनएले नेपाली समुदायिक हार्दिता कसरी बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले नेपाली समाजमा नकरात्मक सोच तथा इगो रहेको बताउँदै त्यसले आगामी पुस्तालाई समेत प्रभाव पर्नेतर्फ सचेत गराए ।

उनले आफू अमेरिकाको लागि अस्थायी राजदुत भएको तर अमेरिकामा बस्ने सबै नेपाली स्थाई राजदुत भएको तर्क गरे । उनले फरक विचारलाई समेत सम्मान गरे अघि बढ्न सबै पक्षलाई आग्रह गरे । उनले फरक विचार राख्नेलाई ठोकी हाल्ने प्रवृति गलत भएको वताए ।

साधारणसभालाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले समृद्ध नेपालको सपना पूरा गर्न नेपालमा जस्को सरकार भए पनि गैरआवासीय नेपाली संघले पूर्वघोषित सिद्धान्त अनुरुप नेपाल सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले गैरआवासीय नेपाली संघले आगामी कार्यक्रम र कोरोना भाइरस संक्रमणपछि चालेका कदमका बारेमा प्रकाश पारेका थिए ।

उनले गैरआवासीय नेपाली नागरिकता दिदा राष्ट्रियतामा कुनै खतरा नभएको वताए । उनले आगामी संसद अधिवेशन पछि गैरआवासीय नेपाली नागरिकता पाउने निश्चित भएको बताए ।

उनले गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको लागि एनआरएए श्रमिक कल्याण कोष स्थापना गर्न लागिएको वताए ।

गैरआवासीय नेपाली संघको अभियान शुरु भएदेखी ज्ञान सिप र पुँजी नेपालमा लैजाने उदेश्य रहेको स्मरण गरे ।

साधारणसभालाई सम्वोधन गर्दै मेरील्याण्ड प्रदेश सांसद ह्यारी भण्डारीले नेपालको विकासको लागि एमसीसी सहयोगी हुन सक्ने वताए । उनले अमेरिकाले नेपालमा राजनीतिक स्थायीत्व र विकास हेर्न चाहेको वताए ।

गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल शाहले विगत एकमा एनआरएनए अमेरिकाले गरेका गतिविधीका बारेमा बोलेका थिए । उनले एनआरएनएले कोरोना महामारीबाट प्रभावित भएका विद्यार्थी, महिला तथा युवाहरुलाई आपतकालीन कोषको परिचालन गरेर सहयोग गरेको वताए । उनले एनआरएनए अमेरिकाको संरचना परिचालन गर्न नयाँ संसोधित विधान ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले संघले आइएलओ लगायत अन्तराष्ट्रियदाताहरुको सहयोग लिएर वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सहयोग गरिने वताए ।

उनले सरकारले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रहेको रकम खर्च गरेर विदेशमा दुःख पाएका नेपालीहरुलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।

सम्मेलनलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गत अक्टोवरमा सम्पन्न संघको निर्वाचनले संघको छवि धमिलिएको बताए । उनले अक्टोवरपछि आएको संघको नेतृत्वले संघ शाखको बचाउनेतिर काम गरिरहेको बताए । उनले संघले आफ्नो दुई वर्षे रोडम्याप तय गरिसकेको वताए ।

सभालाई सम्वोधन गर्दै संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले संघको स्थायित्व र पारदर्शि एनआरएनअन्तर्गत आर्थिक नीतितय गरिएको जानकारी दिए । उनले आर्थिक पारदर्शीताको लागि विश्वभर छरिएका राष्ट्रिय समितिहरुको महत्वपूर्ण भूमिका हुने वताए । उनले सबै राष्ट्रिय समितिलाई अनिवार्य रुपमा आर्थिक प्रतिवेदन आइसीसीमा पेश गर्न आग्रह गरे ।

उनले संघको सकृयतामा नेपालमा बिभिन्न आर्थिक लगानीका काम यसअघिनै शुरुभैसकेको तर्क गर्दै आगामी दिनमा ज्ञान र सिपलाई देशको हित लगाउनु पर्नेमा जोड दिए । उनले कोरोना भाइरस संक्रमण पछि गैरआवासीय नेपाली संघले विभिन्न देशमा २१ हजार भन्दा बढी स्वयम सेवक परिचालन गरेर ८१ हजार भन्दा बढीलाई राहत वितरण गरेको वताए ।

उनले कोरोना भाइरसका कारणले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फिर्तिको लागि प्रधानमन्त्री लगायत सरकारका मन्त्रीहरुलाई पटकपटक झक्झकाएको वताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताद्धय डा. प्रकाशशरण महत, डा. शेखर कोइराला, लगायत गैरआवासीय नेपाली संघका सबै पदाधिकारी, सल्लाहकार सहित करिब ५० जनाले सम्बोधन गर्ने कार्यक्रमतय भएको छ ।

उद्घाटन सत्रमा सरु गुरागाईले कविता वाचन गरेकी थिइन् भने मुरारी गुरागाई राष्ट्रिय गीतको प्रस्तुति दिए ।

साधारणसभामा एनआरएनए उपाध्यक्ष रविना थापा, एनआरएनए अमेरिका पूर्वअध्यक्ष केशव पौडेल, संघका केन्द्रीय पूर्वउपाध्यक्ष कुल आचार्य, एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ्ग लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रमको संचालन एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले गरेका छन् ।

सभामा अमेरिकास्थित संघसंस्थाका प्रतिनिधि, एनआरएनएका अभियन्ता, पत्रकारहरू, कलाकार, समाजसेवी, लगायतका सम्पूर्ण एनआरएनए प्रेमीहरूको सहभागीता थियो ।

सांरशमा साधारणसभा

– उद्घाटन सत्रमा स्वागत स्वरुप चर्चित कवियत्री सरु गुरागाँईले कविता वाचन गरेकी थिइन् ।

– प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्तव्यमार्फत् साधारणसभाको उद्घाटन गरे ।

– करिब २० मिनेट लामो मन्तव्यमा हाल नेपालमा भएको सत्ता संर्घषको प्रसँगमा प्रवेश नै गरेनन्

– नेपाली कांग्रेसका नेता शेखर कोइरालाको प्रस्तुती सालिन र मध्यमार्गी थियो । उनले स्वास्थ्यसम्वन्धी जानकारी समेत दिन भ्याए ।

– नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले चुनावी आमसभा जस्तै गरि सम्वोधन गरेका थिए । उनले अधिकांश समय नेपाल सरकारको आलोचना गर्न समय खर्चिए । महतको सम्वोधनलाई एनआरएनले उती रुचाएनन् । –
– संघका अध्यक्ष कुमार पन्तले बुँदागत रुपमा सँघले गरेका गतिविधीलाई प्रस्तुत गरेका थिए । उनी सो सभालाई सम्वोधन गर्दा युरोपमा विहान तीन बजेको थियो ।

– संघको प्रोटोकलको ख्याल नै नगरी कार्यक्रममा वक्ताहरुले बोेलेका थिए । कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष डा. बद्री केसीले संघको प्रोटोकल ख्याल राख्न अनुरोध गरेका थिए ।

– कार्यक्रमको सभापत्वि गरेका एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले कार्यक्रमको बीचमा आएर सम्बोधन गरेपछि पनि कार्यक्रम निरन्तर चलेको थियो ।

– वक्ताहरु राजनीतिक भागबण्डाको आधारमा तय गरिएको थियो । संघका अध्यक्ष सुशील शाहलाई प्रयोग गरेर प्रोटोकल मिचेर बोलेका गैरआवासीय नेपाली संघ अमेरिकाका पूर्वअध्यक्ष केवश पौडेलले गत अक्टोवरमा सम्पन्न निर्वाचनमा पाराजित भएको तिक्तता पोखेका थिए ।

– पौडेललाई संघका महासचिव डा. हेमराज शर्माले पौडेललाई घुमाउरो पारामा चुनावी तिक्तता नराख्न आग्रह गरे । उनले संघ सामाजिक संस्था भएकोले प्रतिपक्षको भूमिका नहुने बताए ।

– कार्यक्रम ढिलो सम्म संचालन हुदाँ युरोपबाट बोल्ने बक्ताहरुले विहान ४ बजे सम्म कुरेर बसेका थिए । अधिकांस सुतिसकेका थिए ।

– एनआरएनए उपाध्यक्ष उपाध्यक्ष रविना थापाले महिला हकहितका बारेमा बोलेकी थिइन् ।

– कार्यक्रममा संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघका आर्थिक हिसावकिताव अर्थमन्त्रीले जस्तै धाराप्रवाह प्रस्तुत गरेका थिए ।

– संघको गतनिर्वाचमा पराजय भोगेका कुल अचार्य संघको पूर्वउपाध्यक्षको हैसियतले बक्ताका रुपमा प्रस्तुत भएका थिए । उनले गैरआवासीय नेपाली संघको सल्लाहकार पदलाई ठाउँ हेरेर प्रयोग गर्दै आएका छन् ।

– अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले समेत नेता शैलिमा भाषण गर्दै एनआरएएन समुदायलाई पाठ सिकाए । उनले फरक विचारलाई समेत सम्मान गरे अघि बढ्न सबै पक्षलाई आग्रह गरे । उनले फरक विचार राख्नेलाई ठोकी हाल्ने प्रवृति गलत भएको वताए । उनले प्रयोग गरेका कयौं शब्द कुटनैतिक मर्यादा विपरीत थिए ।
– संघका सल्लाहकार हरिवल भण्डारीले नेपाली कांग्रेस नजिक रहेको बताउँदै एमसीसीको बचाउ गरेका थिए ।

– अमेरिकामै रहेका संघका सचिव गौरीराज जोशीले साधारणसभामा भाग लिएनन । उनले महासचिव डा. हेम राज शर्माद्धारा प्रस्तुत विचारमा सहमत रहेको सन्देश पठाएका थिए ।

– कार्यक्रममा प्रधानमन्त्री केपी शर्माको शुभकामना सन्देश वाचन गरिएको थियो ।