२४ बैशाख २०८१, सोमबार
Follow Us

सिन्धुपाल्चोकको जुगलमा पहिरो : कम्तीमा ३५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०७७, शुक्रबार ०५:५२

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सेनाको हेलिकप्टरमा घटनास्थलमा पुगेका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाको अनुसार प्रारम्भिक रुपमा कम्तीमा ३५ जनाको मृत्यु भएको जानकारी दिए । घटनास्थलमा सेनाको हेलिकप्टरबाट घाइतेहरु लाई उद्धारको काम सुरु भएको छ ।

आज बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले घर पुरेको गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । पहिरोले घर पुरिएकामध्ये केही घरका स्थानीय सम्र्पकमा आएपनि पाँच घरपरिवारका कोही पनि सम्पर्कमा आएका छैनन् ।
दिनेश थापा/राजधानी दैनिकबाट