२ श्रावण २०८२, शुक्रबार
Follow Us

भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीद्वारा बधाई तथा शुभकामना

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७७, शनिबार ०६:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको पनि कामना गर्नुभएको छ ।

यता, राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार देशवासीको नाममा १० बुँदे शुभकामना सन्देश दिएका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संक्षिप्त कार्यक्रममा सहभागी हुने छन् । १५ अगष्टको कार्यक्रममा झण्डा फहराउने कार्यक्रममा प्रधानमन्त्री मोदीलाई मेजर श्वेता पाण्डेले सहयोग गर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको झण्डा फहराउनुको साथै सैन्य परेड पनि हुने छ । भारतीय प्रधानमन्त्री मोदी कार्यक्रममा सहभागी भैरहेका छन् । उनी आज विहान ७ बजे गान्धी घाट पुगेका थिए । महात्मा गान्धीप्रति श्रद्धाञ्जली दिएपछि मोदी लाल किल्ला आएका हुन् । उनलाई सेनाले २१ तोपको सलामी दिएको थियो ।

धेरै पढिएको