२० बैशाख २०८१, बिहीबार
Follow Us

आजदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०७७, बिहीबार ०६:०५

काठमाडौं । राजधानी उपत्यकामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा भनेपनि यो लकडाउन भन्दा कडा हुने स्वयं प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले आजदेखि एक साता निषेधाज्ञा जारी गरेका छन् ।

यो अवधिमा औषधि, अत्यावश्यक खाद्यन्न र प्रेसलाई भने रोक लगाइने छैन । तर, त्यस बाहेकका गतिविधिमा पूर्ण रोक लगाइएको छ । घरबाहिर हिडडुलमा समेत रोक लगाइएको छ ।

तीनै जिल्लाका प्रशासनले राजधानी उपत्यकामा आजदेखि हुने निषेधाज्ञा उल्लङ्घन गरे संक्रामक रोग ऐनअनुसार कार्बाही गरिने बताए । सरकारले गएको साउन ७ गते १२० दिन लामो लकडाउन अन्त्य गरेको थियो । साउन १५ गते पछाडि होटल रेष्टुरेन्ट सञ्चालन तथा भदौ १ गतेदेखि लकडाउन पूर्ण रुपमा अन्त्य गर्ने जनाएको थियो ।

तर, कोभिड संक्रमण बढेपछि सरकारले फेरि कडाइ गरेको छ । अन्तरजिल्ला आवागमन, सीमानाका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय कायमै राखेको छ ।