१६ बैशाख २०८१, आईतवार
Follow Us

कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०७७, बुधबार १४:०३

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट आज एकै दिन आज ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विगत २४ घण्टामा २ महिला र ९ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको जानकारी दिए ।

उनका अनसार सङक्रमणबाट मृत्यु हुनेमा मोरङ, महोत्तरी, बारा, काठमाडौं, भक्तपुर, बाँके, र कैलालीका रहेका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ ।