१६ बैशाख २०८१, आईतवार
Follow Us

पर्सामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७७, शनिबार ०४:२१

वीरगञ्ज । पर्सामा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति दुई जना र शनिबार बिहान एक जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । वीरगञ्ज महानगरपालिका २२ मनियारीका ३७ वर्षीय पुरुषको आज विहान उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालवाट थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका १२ का ४३ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । संक्रमित ब्यक्ति हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित थिए । त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका १२ मुर्लीकी ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । साउन यता मात्रै ४४ जनाको मृत्यु भएको छ । तिमध्ये १० जना बाराका, दुई जना रौतहट र एक जना बेवारिसे युवक छन् ।