२ श्रावण २०८२, शुक्रबार
Follow Us

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७७, शनिबार १४:२८

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा ९ पुरुष तथा ३ महिला रहेको जानकारी दिए ।

काठमाडौं उपत्यकाका थप १ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ सय ५५, भक्तपुरमा १२ र ललितपुरमा १९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै मोरङमा ३१, सुनसरीमा २४, धनकुटामा १९, धनुषामा ४९, पर्सामा ७३, महोत्तरीमा २६, बारामा २१ जनामा संक्रमण पुष्टि भएको छ । अहिले देशभरका आइसोलेसनमा १६ हजार ५ सय ७८ संक्रमित रहेका छन । तिमध्ये ६ हजार ४ सय ४५ होम आइसोलेसन र १० हजार १ सय ४५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

देशभरका अस्पतालमा २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन । पछिल्लो २४ घण्टामा ३ सय १३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार ५ सय ५५ पुगेको छ । देशभरि क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन् । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ६ लाख ६९ हजार ६ सय २६ वटा पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको संक्रमणवाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ९ पुरुष छन् । मृतकहरु पाल्पा, काठमाडौं र भक्तपुरका एक एक जना महिला छन् । पर्सा र ललितपुरका दुई दुई, सिरहा, गोरखा, कास्की, काठमाडौ र भक्तपुरका एक एक पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनावाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

धेरै पढिएको