१५ बैशाख २०८१, शनिबार
Follow Us

जातीय हिंसालाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्प र प्रतिद्वन्दी बाइडेनबिच भनाभन

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७७, सोमबार ०४:०३

न्यूयोर्क । अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्वन्दी जो बाइडेनबिच भनाभन भएको छ । देशमा बढदो नश्लीय विभेदका घटनालाई लिएर दुई नेता विच वाक–युद्ध चलेको हो ।

ओरिगन राज्यको पोर्टल्याण्डमा प्रदर्शनकारी र ट्रम्पका समर्थकबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएपछि दुबै नेता आरोप प्रत्यारोपमा उत्रेका हुन् । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै डेमोक्रेट मेयर टेड ह्वीलरलाई शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाएका छन् ।

बाइडेनले भने विज्ञप्ती निकालेर पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुको मुख्य कारक नै ट्रम्प भएको दावी गरेका छन । उनले परिणामको विचारै नगरी उनले हिंसालाई बढावा दिएको आरोप समेत लगाएका छन् ।

मेयर ह्वीलरले पनि ट्रम्पले नै देशमा विभाजन र घृणा सृजना गरेको आरोप लगाएका छन् । शनिबार राति भएको प्रदर्शनमा मारिनेको पहिचान खुलेको छैन । उनी ट्रम्प समर्थक रहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा केही समय यता प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ ।