२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१७ भाद्र २०७७, बुधबार १०:५६

काठमाडौं । नेपालमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ३८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको मन्त्रालयले बताएको छ ।

संक्रमणबाट आमाको मृत्यु भएको ४ दिनपछि छोराको मृत्यु
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ का कोरोना संक्रमित ४० वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ २ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको मंगलबार राति मृत्यु भएको पाटन अस्पतालले जनाएको छ। कोरोना संक्रमणकै कारण उनकी आमाको पनि चार दिनअघि अर्थात भदौ १३ गते पाटन अस्पतालमा मृत्यु भएको थियो।

तर छोरामा भने कुनै रोगको समस्या नभएको बताइएको छ। मृतककी गर्भवती श्रीमतीसहित परिवारका ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्।