२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा सचिवालय बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७७, बिहीबार ०४:२१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल हुनेछ ।

अघिल्लो शनिवार नै बैठक राखिएको भएपनि सचिवालय सदस्यको सम्पर्कमा रहेका केही मानिसमा कोरोना संक्रमण देखिएपछि आजका लागि सारिएको हो । हिजो पार्टी अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालविच बैठकका एजेण्डाका विषयमा करिब दुई घण्टा छलफल भएको थियो ।

आजको बैठकमा राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा छलफल हुने बताइएको छ । अर्थमन्त्री खतिवडाको पद भदौ २० गते सकिँदै छ ।

नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा देखाएपछि नेकपामा विवाद देखिएको छ । अध्यक्ष ओली खतिवडा र अर्का अध्यक्ष दाहाल गौतमलाई सदस्य बनाउने पक्षमा छन् ।