२५ बैशाख २०८१, मंगलवार
Follow Us

केन्द्रीय कारागारका ३ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०९:०७

काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ । भाद्र १६ गते मृत्यु भएका तीन जना कैदीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । दीर्घरोगी रहेका ६०, ५० र ६४ वर्षका तीन पुरुषको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुने कैदी बझाङ, पाल्पा र सिरहाका हुन । यसअघि मेघा अस्पतालमा मृत्यु भएका एक कैदीको पनि रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै केन्द्रीय कारागारमा कोरोनावाट मृत्यु हुनेको कैदीको संख्या चार पुगेको छ । कारागारका पचास भन्दा बढी कैदी र सोही संख्यामा प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।